दुनियालाई हल्लाउँदै सन्दिपको आइपिएल यात्रा समाप्त, १२ ओभर ८१ रन ५ विकेट

दुनियालाई हल्लाउँदै सन्दिपको आइपिएल यात्रा समाप्त, १२ ओभर ८१ रन ५ विके

सन्दिपको आइपिएल यात्रा समाप्त भएको छ । आज भएको उनको अन्तिम खेलमा आफ्नो अन्तिम ओभरमा किफायती बलिङ गर्दै उनले आइपिएलको यात्रा सकाए  । उनी अहिले मैदानमा रहेपछि अब बलिङ भने गर्न पाउने छैनन् ।

आइपिएलको अन्तिम ओभरमा उनले मात्रै २ रन दिएका छन् । दिल्ली डेयरडेभिल्सको तर्फबाट आइपिएल खेलीरहेका उनले आजको खेलमा ह्याट्रिक गरेका छन् । उनले आज एक्लैले तीन विकेट लिएका छन् ।आज उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिएका छन् । उनले रोयल च्यालेन्जर्स ब्यांग्लोरसँगको खेलमा ४ ओभर खेल्दै २४ रन दिएर १ विकेट लिएका थिए भने दोस्रो चेन्नइसँग भएको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट हात पारेका थिए ।

समग्रमा उनले जारी आइपिएलमा १२ ओभर बलिङ गरेकोमा ८१ खर्चेर ५ विकेट हात पारेका छन् । मुम्बई इण्डियन्ससंग खेलिरहेका लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो दोश्रो ओभरको पहिलो बलमा किरोन पोलर्ड र चौथो बलमा क्रुनल पाण्ड्यालाई ४ रनमा आउट गरेका हुन् । सन्दिपले पहिलो ओभरमा सुर्यकुमार यादवको विकेट लिएका सन्दीपको आइपीएलमा यो पाँचौ विकेट हो ।

यसअघि अघिल्ला दुई खेलमा बैंग्लोर र चेन्नार्इ्विरुद्ध उनले १÷१ विकेट लिइसकेका छन् । आउट हुनुभन्दा अगाडी सन्दिपको पहिलो बलमा सुर्यकुमारले चौका प्रहार गरेका थिए । उनले दोस्रो बलमा छक्का प्रहार गरेका सुर्यकुमारले तेस्रो बलमा २ रन रन बटुलेका थिए । चौथो बलमा भने उनलाइ सन्दिपले पवेलिएन फर्काइदिए ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले दिएको लिग चरणको जारी अन्तिम खेलमा मुम्बई १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको छ । दिल्लीका ऋशब पन्तले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले। ४४ बलको इनिङमा उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै विजय शंकरले ४३, ग्लेन म्याक्सवेलले २२, अविशेक शर्माले १५ रन जोडे ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा जारी टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन जोडेको थियो । दिल्लीका लागि यो खेल प्रतिष्ठका लागि मात्रै हो। मुम्बई भने जितसँगै प्लेअफमा पुग्नेछ भने हारेरमा आइपीएलबाट बाहिरिनेछ । जितसँगै मुम्बइले प्लेअफमा स्थान बनाउनेछ। १२ अंक रहेको मुम्बइ पाँचौ स्थानमा छ। चौथो स्थानमा रहेको राजस्थान रोयल्सको १४ अंक छ तर रनरेटमा राजस्थान भन्दा मुम्बई अघि छ।

त्यसैले आजको जितसँगै मुम्बइ १४ अंकका साथै प्लेअफमा स्थान बनाउनेछ । चेन्नइविरुद्ध दिल्लीलाई जित दिलाउन किफायती बलिङ गरेपछि उनको चर्चा चुलिएको छ ।

आइपिएल क्रिकेटमा सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएपछि उनका नेपाली समर्थकले सबैभन्दा धेरै खुसी मनाएका छन् । अलिहे जारी मुम्बइ इण्डियन्ससँगको खेलमा सन्दिपले लगातार दुई विकेट लिएपछि नेपाली समर्थकले खुसी मनाइरहेका छन् ।

यसअघिका खेलमा पनि उत्कृष्ट प्रर्दशन गरेपछि सन्दिपको चर्चा चुलिएको थियो । अहिले सामाजिक सञ्जालमा भरी सन्दिपलाई बधाई दिने काम भइरहेको छ । आम सर्वधारण, राजनितिक दलका नेता, कलाकारहरुले सन्दिपको प्रसंसा गर्दै उनलाई बधाइ दिने काम भइरहेको छ ।