बानेश्वरमा भेटिए ठेलामा म:म: बेच्ने गायक: भन्छन – ‘संगीतकै लागि म राती १२ बजेसम्म म:म बेच्छु’ (भिडियो)

बानेश्वरमा भेटिए ठेलामा म:म: बेच्ने गायक: भन्छन – ‘संगीतकै लागि म राती १२ बजेसम्म म:म बेच्छु’ (भिडियो)

काठमाडौँ : संसारमा लुकेका प्रतिभाहरुको खोजि गरे भने पक्कै पनि हामीले कुना कुनामा भेटाउछौ । आफ्नो भबिष्य उज्ज्वल बनाउन हमेशा सघर्षरत ति प्रतिभा भएका व्यक्ति संघर्ष गरि रहेका हुन्छन ।

यस्तै एक जना प्रतिभाशाली व्यक्ति काठमाडौँको बानेस्वरमा फेला पारेका छौ । गायन क्षेत्रमा रुची भएका चितवनका कपिल पौडेल । उनि एक संगीतका बिधार्थी पनि हुन्।

अति नै स्वरको धनि चितवनबाट काठमाडौँ उनि संगीत सिक्न आएको बताउछन तर आफ्नो संगीतलाई पनि निरन्तरता दिदै रातको समयमा बिगत २ वर्ष देखि बानेस्वर क्षेत्रमा ठेलामा म:म: बेच्छन ।

आफ्नो घरायसी अवस्था कम्जोर रहेको समेत उनि बताउछन । झट्ट हेर्दा फिल्मको नायक जस्तो देखिने कपिल आफुले रेस्टुरेन्टमा काम गरेको बताउछन ।

रेस्टुरेन्टमा काम सिकी सके पछी अहिले आफैले ठेलामा म:म:, ससेज बेचेर आएको रकम घरमा पठाउने र बाकी रहेको रकमले संगीत सिक्ने बताए ।