गतिलो झापद , कुरा आयो गजबको

गतिलो झापड

यसैबिच विभिन्न भाषा,भेषभुषा र संस्कृतिको धनी देश हो नेपाल।हामी सबैले एक-अर्काको भाषा,संस्कृती र भेषभुषालाई सम्मान गर्नु जरुरी छ भन्दै सिरहा स्थायी घर भएका कान्तिपुर टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघ काठमाडौँका सदस्य समेत रहेका युवा विनय कुमार महतोले आफ्नो बिहेमा ढाका-टोपी र दौरा सुरुवालमा चिटिक्क सजिएर पर्वतकी मञ्जु तिवारीसँग विकाह गरेका छन् ।

उनले विबाहमा लगाएको पोशाकप्रति उनकै समुहदायका ब्यक्ति तथा दाजुभाईहरुले तिब्र आलोचना र नकारात्मक टिप्पणी भएपछि विनयले फेसबुकमा एक स्टाटस लेख्दै आफ्ना कुरा :

प्रसंग हो, मैले बिबाहमा लगाएको दौरा, सुरूवाल र टोपीको ।  जसले गर्दा कतिपय नातामा पर्ने दाजु भाइ र इष्टमित्रलाइ दौरा, सुरूवाल र टोपीले घोचेको छ । 
स्मरण रहोस्, म हरेक संस्कार र संस्कृतिलाइ सम्मान गर्छु । चाहे त्यो संस्कृति हिमालको होस् वा तराइ-पहाडको ।

कतिपयले प्रश्न गरेका छन्, अाफ्नै संस्कारमा बिहे गर्दा हुन्थ्याै नी ? मेराे साधारण जवाफ के छ भने, नेपाली संस्कार पनि मेरै हाे, मैथिली संस्कार पनि मेरै हाे । यति कुरा बुझे पुग्छ ।  र मलाइ प्रश्न गर्ने ती महानुभावहरूलाइ मेरो प्रतिप्रश्न ,– विहारी इन्डियनले लगाउने ‘शेरवानी’ मधेस र मिथिलाको आफ्नो पोसाक कहिलेबाट भयो ?

– तपाइ अाफ्नै विहेमा सुट पाइन्ट लगाइरहँदा धाेती, कुर्ता र पैजामा किन याद अाएन ?  अन्तिममा, जिन्दगी भर उनी मेरो संस्कृति अंगाल्न तयार हुन्छिन भने, म एक दिन उन्को संस्कार किन अपनाउन सक्दिन ?