३९० सिसिको केटिएम ड्यूक १ लाखमै किन्ने हो ?३१ वटा मोटरसाइकल भन्सारले सरकारी दाममा लिलाम गर्दै …पुरा पढेर शेर गर्नुहोला

जेष्ठ२२-काठमाडौं।

कृष्णसार भन्सार कार्यालयले विभिन्न कम्पनीका ३१ वटा मोटरसाइकल टेण्डर प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कार्यालयले ३९० सिसिको केटीएम ड्यूक १ लाख मै बिक्री गर्ने भएको हो ।चोरी निकासी पैठारी अभियोगमा विभिन्न मितीमा कार्यालयले जफत गरेको मोटरसाइकलहरु विक्री गर्न लागेको हो । मोटरसाइकलहरु सन् २०१० देखि २०१७ सम्म उत्पादन भएका छन् ।
बिक्रीमा राखिएका मोटरसाइकलहरुमा १३ वटा बजाज कम्पनी, ३ वटा टीभीएसको अपाचे, ६ वटा होण्डा, ५ वटा हिरो होण्डा, २ वटा केटीएम ड्यूक ३९० सिसि र बुलेट ३५० सिसिको २ वटा मोटरसाइकल रहेका छन् । यस्तै ३५० सिसिको बुलेट मोटरसाइकलको न्युनतम मूल्य पनि कार्यालयले १ लाख नै राखेको छ ।मोसटरसाइकल टेण्डर प्रक्रियाबाट लिलामी हुने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।
उनका अनुसार मोटरसाइकल खरिद गर्न चाहने व्यत्तिठ, फर्म र संघसंस्थाले २१ दिन भित्र कार्यालयमा निवेदन दिनु पर्नेछ ।बोलपत्रमा सहभागिता जनाउन बोलपत्र आवेदकले न्युनतम मूल्यको १० प्रतिशत रकम नेपाल बैंकमा जम्मा गर्नु पर्नेछ ।
यसैगरी कार्यालयले पत्रु सामाग्रीको रुपमा प्रयोग गर्ने गरी २ थान जिप र ३१ थान मोटरसाइकल समेत लिलामीमा राखेको छ ।
बजारमा बजाज र केटीएम मोटरसाइकलको कुन मोडलको मूल्य कति?नेपाली बजारमा बजाजको मोटरसाइकलले ग्राहकको मन जित्न सफल हुँदै गएपछि बजाजको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ। हंसराज हुलासचन्द एण्ड को.प्रा.लिले नेपालमाआधिकारीरुपमा यसको विक्री वितरण गर्दै आएको छ। कम्पनीले केटीएम, कावासाकी निन्जा मोटरसाइकल पनि विक्री गर्दै आएको छ।पल्सर २२० एफ – २ लाख ७३ हजार ९ सय रुपैयाँ-पल्सर २०० आरएस – ३ लाख ९९ हजार ९ सय रुपैयाँ-पल्सर २०० एएस