५० वर्षपछि लालपूर्जा पाउँदा छायो खुसी …!!!

काठमाडौँ । असार ३०,

बुटवल । रुपन्देही गंगोलियाकी मालतीदेवी थारुले वर्षौ सुकुम्बासी झै जीवन विताइन् । नापी भएको झण्डै पाँच दशकसम्म पनि लालपूर्जा हात नलागेपछि उनले आफ्नो जीवनमा लालपुर्जा पाइएला भन्ने आश नै मारेकी थिइन् ।

तर, शनिबार केन्द्र सरकारका भूमिव्यवस्थामन्त्री चन्द्रप्रकाश खनालको हातबाट जग्गाधनी प्रमाणपत्र पाएपछि उनी छक्क परिन् ।