चर्चित गायिका शान्ति श्री परियारको घरमा भयो हंगामा ,हेर्नुहोस यस्तो रहेछ रहस्य (भिडियो सहित )

मौलिक नेपाली लोक दोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक लोक दोहोरी गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक गीत तथा भिडियो बजारमा आएको छ ।

“बाउ आमा २” बोलको यो गीतमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियार, डि.आर सुजन ,शम्भु कुवर र बिमा अनुरागीको स्वर रहेको छ । गीतको लय र शब्द पनि डि.आर सुजन कै रहेको छ । निकै मिठो पारिवारिक कथा बस्तुमा तयार भएको यो गीतको भिडियो पनि निकै उकृष्ट बनेको छ ।

सुरबीर पण्डित, रमा थपलिया, शान्ति श्री परियार, डि.आर सुजन र सुजित रेग्मी लगायतका कलाकार हरुको अभिनय रहेको छ । भने भिडियोलाई डि.आर सुजनले नै निर्देशन गरेका हुन् भने बाशु बरालले खिचेका छन । मनोज कार्कीको सम्पादन रहेको उक्त म्युजिक भिडियो धुन नेपालले निर्माण गरेको छ ।

धुन नेपालको आफ्नै youtube च्यानलबाट डिजिटल बजारमा आएको यो भिडियो एक महिना मै करिब करिब सात लाखको हाराहारीमा दर्शक पाएको छ ।

उक्त भिडियोका सम्पूर्ण युनिट लाइ गीत को सफलताको लागि करोडौ सुभकामना …

भिडियो