नेपाल आइडल २ मा धमाका मचाउदै सुमधुर स्वर भएका उपेन्द्र (निसाद) शाही खड्गी टप ३० मा पर्न सफल…!!

भाद्र १७- काठमाडौँ,

 

हाल चलिरहेको रियालिटी शो नेपाल आइडल सिजन २ भव्यता साथ अघि बढिरहेको छ ! यस शो मा सहभागिता हुने नेपाली युवा युवतीहरुको देशै भरि बाट बाक्लो उपस्थिति थियो ! जजहरुले प्रत्येक सहभागिहरुको मिठो आवाज,सहि सुर ताल भएका सक्षम गायकहरुको मुल्यांकन गर्दै हाल टप ३० सम्म प्रवेश गरेको छ ! गायन क्षेत्रमा सुर र तालको निक्कै ज्ञान हुनु जरुरि हुन्छ र यसै सुर र तालमा अब्बल एक युवा गायक हुन् गोदावरीका उपेन्द्र (निसाद) शाही खड्गी जो नेपाल आइडल सिजन २ मा टप ३० मा पर्न सफल भएको छ !
!
उपेन्द्र सानै देखि गाएकी क्षेत्रमा रुचि राख्थीए भने उनको आवाजमा एक छुट्टै प्रकारको मिठास अनि मोह छ जुन हर मानिसहरु उसको आवाज सुनेपछि सजिलै ध्यान आक्रसन गर्न सक्ने क्षमता उसमा छ ! उपेन्द्रको परिवारमा पनि उसलाई सांगीतिक माहोलमा रम्न राम्रो वातावरण भएको बताउछन! सानै देखि गाउदै उनले बिध्यालय र क्याम्पसमा पनि आफ्नो गायन प्रतिभा देखाउदै आएको छ र उ अहिले धेरैको मन मुटुमा बस्न सफल भएको छ ! उपेन्द्रका कान्छी दिदि स्वोप्निला शाही खड्गी भाईको गायकी देखेर सानै देखे प्रभावित भएकी थिए र उसलाई हरेक कुरामा साथ दिने गर्छिन ! उपेन्द्रका बुवा आमा, ठुलो दिदि अनि दाई भाउजु बाट पनि उसलाई सांगीतिक क्षेत्रमा राम्रो साथ छ!

सुमधुर स्वर भएका उपेन्द्रलाइ सम्पूर्ण नेपालीहरुको माया र साथको जरुरि छ र उसलाई यसरि नै नेपाल आइडलको फाइनल सम्म पुगेको हेर्ने हामी सारा नेपालीहरुको चाहना हो !

 

लेखक/साभार :- सुरज नेवा किपु खड्गी