यहि हो पापी हत्यारा १० बर्सिय बालिका श्रीया बिक लाई बलात्कार गरि हत्या गर्ने बर्ष २७ का कुसुम पौडेल । आज जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वजनिक गरेको हो ।

‘बलात्कारी’ को बयान : १० रूपैयाँ दिएर फकाउँदा नमानेपछि श्रीयाको घाँटी थिचेँ

 

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको उनले बताए । केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी पाँच रूपैयाँ दिएका थिए ।

‘त्यसपछि पुनः १० रूपैयाँ देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजेँ’, पौडेलको बयान उद्धृत गर्दै रानाले भने, ‘श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिएँ ।’

पौडेलले श्रीयालार्इ झाडीमा फालेपछि बलात्कार गरेका थिए । ‘झाडीमा फालेपछि घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरेँ’, पौडेलले बयानका क्रममा प्ररहरीसँग भनेका छन् ।